काठमाडौं महानगरका प्रमुख बालेनसँग फिल्मकर्मीका पाँच माग


काठमाडौं । मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ ।

चलचित्र महासंघका महासचिव तथा निर्देशक अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने, वडामा कम्पनी दर्ता, नगर क्षेत्रका विभिन्न ठाउँमा सहज रुपमा छायांकन गर्न पाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखेका हुन् ।

भेटघाट टोलीमा संगीतकार शम्भुजित बास्कोटा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, दिपाश्री निरौला, खगेन्द्र लामिछाने र कलाकार निर्मल शर्मालगाएत अन्यको उपस्थिति थियो ।

महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको कारण फिल्मको प्रचारप्रसारमा समस्या भएको छ । फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न प्रमुख बालेनलाई आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस