पोइ पर्यो काले’ को सिक्वेल ‘पोइ पर्यो बुढो’ बन्ने


काठमाडौं । कमेडी फिल्म ‘पोइ पर्यो काले’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पर्यो बुढो’ राखिएको छ ।

फिल्म आउँदो मङ्सिरबाट छायाङ्कन हुने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

अगत केसीले पटकथा लेखिरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भनिएको छ । ‘रेडबर्ड प्रोडक्सन’को ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रूपमा किरण हुनेछन्।

चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ । सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्यो काले’ले सफलता हात पारेपछि सिक्वेल निर्माण अगाडि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस