नानी अष्ट्रेलियन क्लब मेलबर्नमा अनुबन्धित


काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व स्टार लुइस नानी अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित भएका छन् ।

अष्ट्रेलियन ए लिग क्लब मेलबर्नले मंगलबार विंगर नानीलाई अनुबन्ध गरिएको जनाएको छ ।पोर्चुगलका पूर्व स्टार नानी २०२२/२३ को सिजनका लागि अनुबन्धित भएका हुन् ।

च्याम्पियन्स लिग विजेता नानीले पछिल्लो सिजन इटालियन सिरी बी क्लब भेनेजियाबाट खेलेका थिए ।नानीले युनाईटेडबाट २००७ देखि २०१५ सम्म खेलेका थिए ।

युनाईटेडका लागि नानीले १ सय ४७ खेल २५ गोल गरेका थिए ।पोर्चुगलका लागि उनले १ सय १२ खेलमा २४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस