भिटोरिया इजिप्टको मुख्य प्रशिक्षक नियुक्त


काठमाडौं । इजिप्टले राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा रुई भिटोरियालाई अनुबन्ध गरेको छ ।

इजिप्ट एफएले मंगलबार पोर्चुगिज प्रशिक्षक भिटोरियालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

५२ वर्षीय प्रशिक्षकले इजिप्टसँग ४ वर्षको सम्झौता गरेका छन् ।भिटोरियाले २०२६ को विश्वकपसम्म इजिप्टको टोली हेर्नेछन् ।

उनी सफल युरोपियन प्रशिक्षक मध्ये एक हुन् ।गत वर्ष भिटोरियाले रुसी क्लब स्पार्टक मस्कोको टोली सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस