विश्वको उत्कृष्ट ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो


काठमाडौं । नेपालकी सुनमाया बुढाले विश्वको उत्कृष्ट ट्रेल रनमा दोस्रो स्थान हासिल गरेकी छिन् । फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा नेपालकी सुनमाया दोस्रो बनेकी हुन् ।

द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएको सुनमायाले निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् ।

सुनमायालाई छोटो समयमा पछि पार्दै फ्रान्सकी ब्लान्डिनी ल हिरोन्डेली पहिलो बनिन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । तेस्रो बनेकी अमेरिकाकी अबी हलले निर्धारित दुरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पुरा गरिन् । मंगलबार सुरु भएको ट्रेल रन सुनमायाले शुक्रबार राति पुरा गरेकी थिईन् ।

May be an image of 2 people and people standing

यस दौडलाई विश्वको कठिन दौड मानिन्छ । यूटीउमबी विश्वको सबैभन्दा ठुलो ट्रेल रन मध्यको एक हो । जसमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । करिब एक हप्तासम्म चल्ने यस प्रतियोगितामा नेपालबाट सुनमाया सहभागी बनेकी थिईन् ।

दोस्रो स्थान हासिल गरेपछि खेलपाटीसँग कुरा गर्दै सुनमायाले दोडमा आफुले राम्रो अनुभव महशुश गरेको बताईन् । ‘पहिलेदेखिनै हाफ म्याराथन, फुल म्याराथन युरोपमा दौडदै आएको थिए ।’ उनले भनिन्, ‘चौथो पटक फ्रान्समा दौडिन आएको थिए । वेस्ट दिने कोशिश गर्छु भन्ने थियो । ग्रुपले पनि टप टेनसम्म आए राम्रो मानिन्छ भन्ने कुरा गरेको थिए । तर सेकेन्डनै भए ।’

पटक पटक चोटको समस्याबाट गुज्रिएकी सुनमायाले छोटो अभ्यासमा फ्रान्समा दौडिन आईपुगेको अनुभव सुनाईन् । उनले नर्थ फेसको प्रायोजनमा आफुले लामो समयदेखि अभ्यास गर्ने गरेको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस