वासिमको स्थानमा अलीले एसिया कप खेल्ने


काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिमको स्थानमा हसन अलीले एसिया कप क्रिकेट खेल्ने भएका छन् ।

पाकिस्तानले शनिबार फास्ट बलर अलीलाई टिममा राखिएको जनाएको छ ।

मेरुदण्डको समस्याका कारण वासिम एसिया कपबाट बाहिरिएका हुन् ।एसिया कप आजबाट युएईमा सुरु हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

पाकिस्तान समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत सहित पाकिस्तान र हङकङ रहेका छन् ।पाकिस्तानको पहिलो खेल आईतबार भारतविरुद्ध रहेको छ । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच आज प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस