नेपालकै ठूलो नक्सा


पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ । गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गर्दैछ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ । तस्बिर : सुमनजङ्ग थापा/रासस

प्रतिक्रिया दिनुहोस