डा. प्रसन्न कुमार झाको दाबी : धनुषा ३ (क) मा जित हाँसिल गर्छु (भिडिओसहित)


काठमाडौं, ३ कार्तिक । जनमत पार्टीका युवा नेता तथा धनुषा–३ (क) का उम्मेदवार डा. प्रसन्नकुमार झाले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको बताएका छन् । उनले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा ठूलो समस्या रहेको सुनाए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. झाले स्वास्थ्यको कुरा गर्दा गुणस्तरीय सेवाको लागि काठमाडौं र भारत जाने गरेको गुनासो पोखे । उनले जनमत पार्टीको अवधारणाबाट आफू प्रभावित भएर नै सो पार्टीमा सक्रिय भएको बताए ।

उनले जनमत पार्टी नयाँ उर्जाले भरिएको भन्दै अध्यक्ष डा. सिके राउतसँग रसायन मिल्ने बताए । उनले आफू राजनीतिमा होमिनु भनेको समाजसेवालाई नै निरन्तरता दिनु भएको बताए ।

प्रतिक्रिया दिनुहोस