जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल


काठमाडौं । जीवन बीमक संघको आज बसेको साधारणसभाले नयाँ अध्यक्ष चयन गरेको छ। आज बसेको सभाले सिटिजन लाइफका सिईओ पोषक राज पौडेललाई अध्यक्षमा चयन गरेको हो । उनको अध्यक्षतामा नयाँ कार्यसमिति आजै चयन भएको छ । शुक्रबार काठमाडौको त्रिपुरेश्वरस्थित ब्लु स्टार मलमा सम्पन्न भएको साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

उक्त सभाले नवनिर्वाचित कार्य समितिक उपाध्यक्षमा नेपाल लाईफका सिईओ प्रवीण रमण पराजुली, महासचिवमा ज्योती लाइफका सिर्एओ प्रकाश विक्रम खत्री र एशियन लाइफका सिईओ दिनेश लाल श्रेष्ठ कोषाध्यक्ष र कार्य समिति सदस्यहरूमा एलआईसी नेपालका एलपि दास , रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाललाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस