युनियन लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न, ३४ पिन्ट रगत संकलन


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश १ को प्रादेशिक कार्यालय इटहरीले आज शुक्रबारको दिन प्रदेश १ का कर्मचारी तथा अभिकर्ताहरुलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमको लागी प्राविधिक सहयोगको लागि रेडक्रस सोसाइटि, इटहरीलाई आमन्त्रण गरेको थियो । कार्यक्रमको संयोजन युनियन लाइफ इन्स्योरेन्स कम्पनिको प्रदेश १ को प्रदेश प्रमुख भुपराज पराजुलीबाट भएको थियो ।

‘रक्तदान जीवन दान’ मुलनारा सहितको कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको कम्पनीको इटहरी शाखा प्रमुख ऋषिराज परजुलीले बताए । रक्तदान कार्यक्रम पश्चात उपस्थित भएका नया तथा पुराना अभिकर्ताहरुलाई बीमा सम्बन्धि विशेष जानकारी दिइएको थियो र एमडिआरटि २०२३ को उपाधि प्राप्त गर्न विशेष तालिम पनि संचालन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस