सानिमा बैंकद्वारा पोखराका ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान


काठमाडौं । सानिमा बैंकले यस बर्ष पोखराका ६ जनालाई गरिब तथा जेहेन्दार उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गरेको छ ।

सानिमा बैंकले विगत १० वर्षदेखि काठमाडौं उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट ११ र १२ कक्षाका २-२ जना विद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

बैंकले गत वर्ष काठमाडौं उपत्यका बाहिरका हरेक शाखाहरुबाट ४ जना विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार नगदवृत्ति प्रदान गरेको थियो ।सोही छात्रवृत्तिलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सानिमा बैंकको शाखा रहेका स्थानीय निकायका स्थायी बासिन्दाहरु मध्येबाट २०७८ सालमा सञ्चालित एस.ई.ई. परिक्षामा न्युनतम ‘सी’ ग्रेड प्राप्त गरी उत्तीर्ण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु मध्येबाट आवेदन दिन सूचना प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस