सिनेमाघरमा ‘मिलन’ र ‘भेडिया’


काठमाडौँ । आज (शुक्रबार)देखि सिनेमाघरमा नेपाली चलचित्र ‘मिलन’ र बलिउड चलचित्र ‘भेडिया’ प्रदर्शनमा आएका छन् । टेक पौरखी राई निर्देशित चलचित्र ‘मिलन’ले मित्रतामा आउने उतारचढावको कथा बताउँछ । चलचित्रमा सलोन बस्नेत, कुशल ठकुरी, शिल्पा थापा, शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चैमगर, डेनियल खड्का र करण थापाको अभिनय छ ।

यस्तै बलिउड चलचित्र ‘भेडिया’मा वरुण धवण मुख्य भूमिकामा देखिनुभएको छ । अरुणाचलको जङ्गलमा छायाङ्कन गरिएको ‘भेडिया’ भाष्करको कथा हो, जसलाई ब्वाँसोले टोक्छ र ऊ प्राणीमा परिणत हुन थाल्छ ।

भाष्कर र उनका साथीहरूले जवाफ खोज्ने प्रयास गर्दाका कुराहरू नै चलचित्रको मुख्य कथा हो ।

वरुणसँगै चलचित्रमा कृति सेनन, दीपक डोबरिएल, अभिषेक बेनर्जीलगायतको अभिनय छ । चलचित्र अमर कौशिकले निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस