हेरिटेज प्याजेन्टस्मा नेपालकी परिन्दा र परिसालाई अवार्ड


काठमाडौं। हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनसनलमा नेपालका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटलाई विधागत अवार्ड प्राप्त गर्नुभएको छ ।

मिसेस् तर्फकी सहभागिता परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन हुनुभयो । मिसतर्फकी सहभागि परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड जित्न सफल हुनुभएको छ ।

इप्लानेट प्रालिको आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेस्को सहकार्यमा सम्पन्न भएको पाँचौ संस्करणको हेरिटेज प्याजेन्टस्मा मिसतर्फ रसियाकी ३० वर्षीया एना किरिलिना मिस हेरिटेज इन्टरनेसनल २०२२ को विजेता बन्नुभयो ।

मंगोलिया, इन्डोनेसिया, लात्भिया र मलेशियाका सुन्दरीहरु क्रमश: फस्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्सअप हुनुभयो । मिसेस्तर्फ भने थाइल्याण्डकी ३९ वर्षीया फोन्टिप श्रीवारन्यु मिसेस् हेरिटेज इन्टरनेसनल चुनिनुभयो । यस स्पर्धामा नेदरल्यान्ड्स, भारत, सिंगापुर तथा फिलिपिन्स क्रमशः दोस्रो, तेस्रो र चौथो हुनुभयो ।

मलेशियाको क्वालालम्पुरस्थित भिभा मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न भएको फाइनल प्रतियोगिताको प्रस्तुतिहरुको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका वेस्ली सअले संयुक्त रुपमा गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका विमल सुवेदी, मलेशियाका थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो र वल्र्ड ब्युटी प्याजेन्टस् अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस