मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्मा विजयी भएको ७२ घण्टाभित्र नोबेल शिक्षण अस्पतालमा निःशुल्क ५० शैया क्याबिन सेवाको उद्घाटन


उर्लाबारी । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हाे।

शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो ।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा भविष्यमा अझ बिस्तार गरिने उहाँले बताउनुभयो ।हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियाे ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा. शर्माले भन्नुभयो ।

उहाँ मोरङ ३ बाट पूर्व मन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ मतान्तरले हराउनुभएको थियोे । उहाँ ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो ।

२०७४ मा ढकालसँग १ हजार ९०७ मतले उहाँ पराजित हुनुभएको थियोे । नोबेल अस्पतालमा ८०० बेड र १३६ वटा क्याबिन छन् ।

प्रतिक्रिया दिनुहोस