गृहमन्त्री खाण र अध्यक्ष राउतबीच सहमति र सहकार्यबारे कुराकानी


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।

गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा डा. राउतलाई बधाई दिनुभएको छ ।

दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको हो ।

आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको छ ।

राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने गृहमन्त्री खाणले भेटका क्रममा बताउनु भएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ ।

अध्यक्ष राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेर समसामयिक राजनीतिका विषयमा कुराकानी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस