‘डिसेम्बर फल्स’को ‘फकाउनै जानिन’ गीत सार्वजनिक


काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् ।

दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर छ ।

आर्यन र उपासनाको पहिलो सहकार्य रहेको यो फिल्म आगामी पुस १५ गते रिलिज हुने धएको छ । भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्नुभएको फिल्ममा सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस