परिजिता ‘द भ्वाइस’ को टप आठमा


काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस’ को अमेरिकी संस्करणमा परिजिता बाँस्तोला टप आठमा प्रवेश गर्नुभएको छ । बुधबार बिहान प्रसारण भएको एपिसोडमा नेपाली मूलकी परिजिता सेमिफाइनलमा प्रवेश गर्नुभएको हो ।

आजको एपिसोडमा परिजिताले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाउनुभएको हो ।

सेमिफाइनल प्रवेश गरेपछि परिजिताले फेसबुकमा एक भिडियोामार्फत सबैलाई धन्यवाद दिँदै आगामी प्रतिस्पर्धा निकै कठिन भए तापनि आफू उत्साहित रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस