फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक


काठमाडौं। शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनथ्रीलरले भरिपूर्ण ‘पठान’ शाहरुखको पाँच वर्षपछि कमब्याक फिल्म हो ।

फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण छ । फिल्ममा शाहरुख खान पठानको भूमिकामा देख्न सकिनेछ ।

फिल्म माघ ११ गते अर्थात् भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस