२०६० मा विश्वको अन्त्य हुने न्युटनको भविष्यवाणी सत्य सावित होला ?


महान वैज्ञानिक आइज्याक न्युटनले विज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याए । १७ औं शताब्दीमा उनले गुरुत्वाकार्षणबारे धेरै तथ्यहरु पत्ता लगाए । बेलायतमा जन्मिएका न्युटनको योगदानले भौतिक विज्ञान र गणितको विकासले फड्को मारेको थियो ।

विज्ञानका क्षेत्रमा ठूलो योगदान गरेका न्युटन धार्मिक पनि थिए । धार्मिक विषयमा पनि कलम चलाउँथे । धार्मिक स्वभावका न्यूटनले वैज्ञानिक तथ्यहरुलाई समेटेर धार्मिक विश्वासमा टेकेर विश्वको आयुबारे लेखेका थिए । उनले लेखेको कागजपत्रमा विश्वको आयु सन् २०६० सम्म भएको उल्लेख छ । सन् १७०४ मा लेखिएको उक्त कागजात जेरुसेलमस्थित हेब्रु विश्वविद्यालयमा छ । उक्त कागजातमा न्युटनले सन् २०६० मा विश्वको अन्त्य हुने उल्लेख गरेका हुन् । विश्वको अन्त पछि पनि हुनसक्छ भन्दै त्यतिबेला तत्काल अन्त्य नहुने भनेका छन् ।
\

न्युटनले भनेजस्तै विश्वको अन्त्य २०६० मा हुने नहुने निश्चित छैन । तर, मानिसले आफ्नो विनाश आफै निम्त्याइरहेका छन् । अत्याधिक कार्बन उत्पादन, प्रकृतिको अत्याधिक दोहन देखि आमविनाशकारी हतियारको बढ्दो उत्पादनले विश्वलाई विनाशतर्फ लगिरहेको छ । मानिसमा आध्यात्मिक चिन्तन हराउँदै गएको छ । भौतिकवादी बन्दै जाँदा मानिसमा नैतिक मूल्य मान्यता घटेर गएको छ । यसकारण युद्ध र झगडाका घटना बढेर गएका छन् ।

न्यूटन भौतिकशास्त्रका महान वैज्ञानिक भइकन पनि आध्यात्मिक थिए । उनी आध्यात्मिक पुस्तकहरु पढ्थे र लेख्थे । यसले पनि उनलाई विश्व खतरामा परिरहेको लेख्न उत्प्रेरित गर्यो । Photo Source: Godawa.com

प्रतिक्रिया दिनुहोस