यस कारण गरिन्छ माता दुर्गाको पूजा


माता दुर्गालाई हिन्दु धर्मवलम्बीहरुले प्रमुख देवीको रुपमा पुजा गर्छन् । माता दुर्गाले शान्ति, समृद्धि तथा धर्मप्रति घात गर्ने राक्षसको विनाश गर्छिन् । उनको उतपत्ति नै शत्रुको विनाश गर्न भएको हो भन्ने जनविश्वास रहेको छ । उनले महिषासुर नामको राक्षसको अन्त्य गरेकी थिइन् । सिंहलाई माताको वाहानको रुपमा लिइन्छ । माताको आठ हातसँगै सबैमा एउटा/एउटा शस्त्र हुन्छ । हिन्दु ग्रन्थमा माता दुर्गालाई महादेव अर्थात शिवकी पत्नीको रुपमा व्याख्य गरिएको छ ।

माता दुर्गालाई शक्तिको अर्को रुप पनि मानिन्छ । ऋगवेदको अनुसार माता दुर्गा नै विश्वकी शक्ति हुन् । सृष्टि कर्ता नै उनै हुन् । माँ जगदम्बाको जन्म भगवत पुराण अनुसार श्रेष्ठ पुरुषको रक्षा गर्न, श्रीं मद देवी भागवत अनुसार दुष्ट राक्षसहरुको अन्त्य गर्न भएको हो । त्यसैले नवरात्रीमा नव दुर्गाको नौं रुपको ध्यान, पूजा र आराधना गरिन्छ । सबै नौं रुपमा फरक फरक नौं शक्ति पाइन्छ । नवदुर्गाको पूजाले भक्तहरुमा नयाँ सकरात्मक उर्जा र शक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

माता दुर्गाको नौं रुपको पूजा आराधना गर्नाले राम्रो फल प्राप्त हुने विश्वास छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । दसौं दिनलाई दशमी वा दशैं भनिन्छ, यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । यसै खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । Photo Source: Lilleoru

प्रतिक्रिया दिनुहोस