आईफोन १६ मा अन्डर डिस्प्ले फेस आईडी उपलब्ध हुने


काठमाडौं । आईफोनको आगामी सिरिज आईफोन १६ मा अन्डर डिस्प्ले फेस आईडी उपलब्ध हुने भएको छ । डिस्पेलाई थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यका साथ एप्पलले नयाँ प्रविधि भित्र्याउने तयारी गरेको हो ।

हाल बजारमा एप्पलकाे पछिल्लाे फ्ल्याशिप सिरिजका रुपमा आईफोन १४ सिरिज उपलब्ध छ । भने, आईफोन १५ सिरिजका स्मार्टफोनबारे पनि विभिन्न जानकारी बाहिरिने क्रम जारी छ । यसैबीच कोरियन सञ्चारमाध्यमले सन् २०२४ मा आउने एप्पलका उत्पादनमा अन्डर डिस्प्ले फेस आईडी अथेन्टिकेसन सिस्टम उपलब्ध हुने जानकारी सार्वजनिक गरेको हो ।

हुन त हाल उपलब्ध सिरिजका स्मार्टफोनमा अन्डर डिस्प्ले क्यामेरा उपलब्ध हुँदै आएको छ । त्यो हुँदा सोही क्यामेराले फेस आईडी अथेन्टिकेसनको काम गर्छ भन्ने धेरैलाई पर्न सक्छ । तर, फेस आईडी अथेन्टिकेसनका लागि क्यामेरा एउटा महत्वपूर्ण कुरा भएपनि यसका लागि स्क्रिनको केही भागले काम गरिरहेको हुन्छ ।

यस्तोमा फेस आईडी अथेन्टिकेसनका लागि प्रयोग हुने स्क्रिनको भागलाई समेत अन्य प्रयोजनका लागि प्रयोगमा ल्याउन सकिने गरी एप्पलले आईफोन १६ सिरिजका लागि अन्डर डिस्प्ले फेस आईडी अथेन्टिकेसन प्रविधिमा काम गरिरहेको उल्लेख छ

तर, यो फिचर आईफोन १५ सिरिजमा भने उपलब्ध नहुने समेत जनाइएको छ । बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका सबै फोनमा आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा उपलब्ध गराइएको डाइनामिक आइसल्याण्ड फिचर उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस