नागरिक एपमा सबै प्रकारका सरकारी सेवा उपलब्ध गराइने


काठमाडौं । सरकारी सेवालाई एउटै माध्यमबाट उपलब्ध गराउने उद्देश्यहित सञ्चालनमा ल्याइएको नागरिक एपलाई थप सुदृढ गरिने भएको छ ।

सोमबार सार्वजनिक भएको सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय पनि समावेश गरिएको हो ।

”नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत अन्य सबै सेवा उपलब्ध गराउने डिजिटल प्रबन्ध सुनिश्चित गरिनेछ,” न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।

साझा कार्यक्रममा सरल र सहज सार्वजनिक सेवाको प्रबन्ध गर्न सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्ती मुक्त गराउने योजना अघि सारिएको छ । त्यस्तै सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने र तोकिएको समयमा उपलब्ध गराउन टाइम कार्ड प्रणाली लागू गर्ने योजना पनि ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस