मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न



भक्तपुर।मदरल्याण्ड स्कुलको आयोजनामा आज कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम-२०७९ र २०७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुलाई प्रमुख अतिथि बासुदेव थापाले मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गर्नु भएको थियो ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल सुर्यविनायक वडा नं ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको विद्यार्थी अभिमुखीकरण एवं एसईई बधाई कार्यक्रम होटल भ्यू भक्तपुरमा आज सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्मन्न भएको थियो ! उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले विद्यार्थीहरुलाई बधाई दिँदै भविष्यमा नेतृत्व विकास गरी आफ्नै ठाउँ र देशमा रहेर कार्य गर्नु पर्ने हौसला दिनु भएको थियो ! अतिथिहरु सुर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता वडा ७ का अध्यक्ष रविन्द्र सापकोटा र प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठले बधाई मन्तव्य दिनु भएको थियो


कार्यक्रममा प्रसिद्ध मनोविज्ञ तथा उत्प्रेरक विकास देव योन्जन तामागंले सकारात्मक सोच, विद्यार्थीहरुले लिनु पर्ने जीवनको लक्ष्य र असल मार्ग सम्बन्धि अभिमुखीकरण गर्नु भएको थियो ! साथै जिल्ला प्रहरी परिसर भक्तपुरका निरिक्षक लोक बहादुर जिसीले विद्यार्थी जीवनमा जानेर वा अन्जानमा हुन सक्ने साइवर क्राइम र लागु पदार्थ दुर्व्यसनी सम्बन्धि सचेतता प्रदान गर्नु भएको थियो ।


विद्यालय संचालक एवं व्यवस्थापक शर्मिला देउजाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर सेवा पुराउँदै आउनु भएका मदरल्याण्ड स्कुलका विव्यस सदस्य, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.कृष्ण प्रसाद ग्वाछा र विद्यालयका शुभेच्छक, कानुनी क्षेत्रमा योगदान पुराउँदै आउनु भएका वरिष्ठ अधिवक्ता डा.प्रभाकर खनाल दुवैले विद्यावारिधि गर्नु भएकोमा उत्तरोत्तर प्रगतिको शुभेच्छा सहित बधाई पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

विद्यालयका संचालक/प्रिन्सिपल एवं नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष समेत रहनु भएका संजय खड्काले विद्यार्थीहरुलाई समयानुकूल यस्ता प्रकारका अभिमुखीकरण कार्यक्रमले थप उर्जा मिल्ने र संस्कार सहित शिक्षा ग्रहणका लागि सहज हुने बताउँदै अहिलेको समयमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको संगत कस्तो छ, उनीहरुले मोवाइलमा के-कस्ता क्रियाकलाप गर्छन् र हेर्छन्, विदाको दिनमा घरभन्दा बाहिर जान्छन् कि जाँदैनन् ? जान्छन् भने कस्ता साथी छन्? आदि लगाएतका कुराहरुमा विचार पुराउनु पर्ने बताउनु भयो ।

साथै अभिभावकहरुलाई आफ्नो क्षमता अनुसारको स्कुल छनौट गर्न, स्कुल परिवर्तन गर्दैमा बच्चाहरुले पढ्छन् भन्ने भ्रममा नपर्न, मन्टेश्वरी नाम हुदैमा सबै राम्रा हुन्छन् भन्ने पनि हुन्न, मन्टेश्वरीहरु सहि तरिकाले चलेका छन् या छैनन् ? दर्ता भएका छन् छैनन् ? हेरेर बुझेर मात्र आफ्नो बालबालिकालाई भर्ना गराउँनु पर्ने कुरा समेत अध्यक्ष खड्काले उल्लेख गर्नु भयो।

प्रतिक्रिया दिनुहोस