टाटा जेन्युइन् स्पेयर पार्ट्स र आयलको मूल्यमा भारी छुट


काठमाडौँ । टाटा मोटर्सको लागि आधिकारिक डिष्ट्रिव्युटर सिप्रदी टे«डिङले ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राखेर जेन्युइन् स्पेयर पार्ट्स र आयलको मूल्यमा भारी छुटको व्यवस्था गरेको छ । विद्यमान परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।

सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप सिप्रदीका अनुभवी तथा दक्ष प्राविधिकहरूबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराइ गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकवर्गको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय स्वरूप उक्त योजना सञ्चालनमा ल्याएको हो।

सो छुट सुविधा नेपालभरी रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा लागु हुने कम्पनीले जनाएको छ।

यसका साथै सिप्रदी वर्कसपमा फेरिएका टाटा जेन्युन् पार्ट्सहरूमा ६ महिना वा ५०,००० किमिसम्म वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस