इङ्लिस प्रिमियर लिग फुटबल : लिभरपुल र चेल्सीको बराबरी


काठमाडौं । लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । लिभरपुलको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै १९ खेलबाट २९ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा छ । उक खेल बढी खेलेको चेल्सुी २९ अङ्कसहित १०औँ स्थानमा छ । अन्य खेलमा एभर्टनले वेस्टहामलाई २–० र एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ ।

लेस्टर सिटीले ब्राइटनले २–२, बर्नमाउथ र नटिङघम सिटीले १–१ र क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस