नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने रष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगितामा ‘केपी ओली कप’ फुटबललाई पनि समावेश गरेको छ ।

एन्फाले मंगलबार सार्वनजिक गरेको नकआउट फुटबलको खेल तालिकामा ‘केपी ओली कप’ समावेश गरेको हो । एन्फाको स्वीकृतिमा पहिलो पटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा फुटबल प्रतियोगिता हुनेछ ।

तालिका अनुसार ‘केपी ओली कप’ काठमाडौंमा फागुन ११ देखि १७ गतेसम्म हुनेछ । एन्फाले केपी ओली कपसँगै देशभर सञ्चालन हुने ११ वटा गोल्डकपाको खेल तालिका पनि सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस