सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षक नियुक्त


काठमाडौं । पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

पोलिस फुटबल फेडेरसनले सान्तोसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।६८ वर्षीय प्रशिक्षकले पोल्याण्डसँग तीन वर्षको सम्झौता गरेका हुन् ।उनी २०२६ सम्म पोल्याण्डको मुख्य प्रशिक्षक रहने छन् ।

कतार विश्वकपपछि सान्तोस पोर्चुगलको मुख्य प्रशिक्षकबाट बर्खास्तमा परेका थिए ।कतार फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलले उनलाई बर्खास्त गरेको हो ।सान्तोसको नेतृत्वमा पोर्चुगलले युरोकप र नेसन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस