प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको जिम्मेवारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोक्नुभएको जानकारी दिएको हो ।

‘‘गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाईले सम्हाल्ने गरी तोक्नु भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछाने शुक्रबारै पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस