गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक


काठमाडौं । भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बूले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बूलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।

यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले सङ्गीतबद्ध गर्नुभएको हो । विश्व अधिकारीको गीतमा सङ्गीत संयोजन छ । म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र विमला लिम्बूबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशवराज भाटको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘डी मिङसो म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस