फिल्म ‘जारी’को टिजर सार्वजनिक


काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ । फिल्मको प्रमुख भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ ।

रोय दीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उहाँले काव्यशैलीमा सम्बन्धको उतारचढाव विम्बात्मक रुपमा प्रस्तुत गर्नुभएको छ ।

रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गर्नुभएको हाे । फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस