पुल्चोक क्याम्पसमा नेविसंघको ‘ह्याकाथुन’


काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिको आयोजना र नेविसंघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ह्याकाथुन कार्यक्रमको उद्घाटन भएको छ।

कार्यक्रम आजदेखि १८ गतेसम्म पुल्चोक क्याम्पसमा संचालन हुनेछ।

ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने जनाईएको छ।

विशेषगरी सरकारी कार्यालयहरु जस्तै: मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौंसम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवासुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटोछरितो र चुस्त बनाउने भन्नेबारे चर्चा र प्रयोगहरु गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस