नेविसंघ सभापति शेर्पाको घोषणा-हाम्रो एजेण्डा भनेको अब युवाहरुलाई नेपालमै टिकाउने हो


काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेविसंघको अबको एजेन्डा शैक्षिक, सामाजिक, युवाहरूलाई उद्यमशील बनाउने, नेपालमै युवाहरूलाई टिकाउने र जलवायु परिवर्तनको एजेन्डामा केन्द्रित रहेको बताएका छन् ।

आज (मंगलबार) ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल विद्यार्थी संघको अबको एजेन्डा शैक्षिक एजेन्डा, सामाजिक एजेन्डा, युवाहरूलाई उद्यमशील बनाउने र नेपालमै युवाहरूलाई टिकाउने, जलवायु परिवर्तनको एजेन्डामा हामी अघि बढ्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस