विपिन कार्की र केकी अधिकारीको फिल्म ‘प्रसाद २’को ट्रेलर


काठमाडौं । चैत २४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको हो ।

फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा हुनुहुन्छ । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

राजेश श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा सुशील पौडेलको कथा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको सङ्गीत छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस