ओस्कार अवार्डमा रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेट


काठमाडौँ । विश्व चर्चित ओस्कार अवार्डमा रेड कार्पेट नहुने भएको छ । नेपाली समयानुसार मङ्गलबार ओस्कार अवार्डको समारोह रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेटमा हुनेछ । विश्व फिल्म र सङ्गीतका चर्चित सेलिब्रिटी विभिन्न स्टाइल र फेसन सेन्ससहित कार्पेटमा प्रस्तुत हुनेछन् ।

रेड कार्पेट एकेडेमी अवार्डको सबैभन्दा ठूलो आकर्षण हो । यहाँ नयाँ फेसन प्रवृत्ति र सेट बदलिइरहन्छन् । अवार्ड सोका क्रिएटिभ कन्सल्टेन्ट्स लिसा लभ र राउल अविलाले कार्पेटको रङ तय गरेका हुन् । सिर्जनात्मक टोलीले केसर र सिएना (खैरो)को धेरै रङबाट स्याम्पेन रङलाई रोजेको जनाइएको छ ।

यो रङले अस्ताउँदो सूर्यको अनुभूति दिन्छ । सन् १९६१ मा अमेरिकी हास्यकलाकार तथा अभिनेतासमेत रहेका होस्ट बब होपले सान्ता मोनिका सिभिक अडिटोरियममा ३३औँ ओस्कर अवार्ड सोमा पहिलो पटक रातो कार्पेटमा लन्च गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस