खुमलटारको दोस्रो जित, हिमालयन शेर्पा २–१ गोल अन्तरले पराजित


काठमाडौं । खुमलटार युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ ।च्यासल खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पालाई २–१ गोलअन्तरले पारजित गर्दै खुमलटारले दोस्रो जित हासिल गरेको हो ।

जितसँगै खुमलटार चार खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । खुमलटारको जितमा मनीष थापा र स्टेफन समीर निर्णायक रहे ।मनीषले खेलको २२औँ मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । यस्तै, ६६औँ मिनेटमा स्टेफनले अग्रता दोब्बर पारे ।

हिमालयनले ८०औँ मिनेटमा विश्वास श्रेष्ठको गोलबाट लिगमा नवप्रवेशी खुमलटारसँगको अग्रता घटाएको थियो । तर, खेलमा फर्कन त्यो पर्याप्त रहेन ।

दोस्रो जितपछि चार खेलबाट ६ अंक जोडेर खुमलटार चौथो स्थामा उक्लेको छ । खुमलटारले कुनै पनि खेलमा हार व्यहोरेको छैन । यता, हिमालयन भने दोस्रो हार व्यहोर्दै ४ खेलबाट ४ अंकसहित दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस