क्रिकेट विश्वकप लिग-२ : आज युएईले पीएनजीको सामना गर्दै


काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेटअन्तर्गतको अन्तिम त्रिकोणात्मक श्रृंखलामा बुधबार युएई र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् ।खेल बिहान साढे ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग–टू क्रिकेटअन्तर्गत आफ्नो अन्तिम खेलमा पीएनजीले बुधबारको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ । यस्तै, युएई पनि पीएनजी माथि फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।

पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । युएई ३१ अंक जोडेर छैठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस