चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जादै


बेइजिङ। चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्नुहुने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिनुभएको हो । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस