उपराष्ट्रपतिको मतदान सम्पन्न


काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसदका तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८ सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति निर्वाचन सम्बन्धमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ ।

संविधानको धारा ६९ मा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपति सरह हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस