इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक, तीन आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर पाइने


काठमाडौं । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरोडिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नुहुनेछ ।

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई महानुभावलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो ।ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर
कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।

साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८०साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम
पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनुहुनेछ ।

घर सार्वजनिक तथा दुई महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो ‘ विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरैमौका प्रदान गर्नको लागि यो योजना २ महिना थप गरिएको छ।

यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो । साथै यसबाट धेरै भन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने्हाम्रो कामना छ ।’ बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ ।इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु रकुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनिविप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर,देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानीसेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 

प्रतिक्रिया दिनुहोस