एनसेलले ल्यायो ‘मज्जाको प्लान’ , २० जीबी डेटा र १५० मिनेट टक टाइम


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बण्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ शुक्रबारदेखि सञ्चालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ मा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दामाथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् ।

ग्राहकले २०० देखि ४९९ को रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याकप्राप्त गर्न सक्छन् भने ५०० वा सो भन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनसको मजालिन सक्छन् । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ मा नै आफ्नो आवश्यकताअनुसार सिमखरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनिखरिद गर्न सक्छन् ।

त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् । सेवा लिनका लागि ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ ।

ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास लिएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस