मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैदेखि सुरु :देवेन्द्र पौडेल


काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यहि हप्ताभित्रै मन्त्रीमण्डल विस्तार हुने बताउनुभएको छ । आजैदेखि गृहकार्य सुरु गर्ने र यहिहप्ताभित्रै सरकार विस्तार हुुुुुुुुुुुुुुुुने उहाँको भनाइ छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका पौडेलले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचित र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि अब सबै कोर्ष सकिएकाले प्रधानमन्त्रीले सबै दललाई सहमतीमा लिएर मन्त्रीमण्डल विस्तार गर्ने बताउनुभयो ।

सरकारलाई समर्थन गरेका सबै पार्टीसंग सामुहिक र छुट्टाछुट्टै बैठक बसेर सहमती र समझदारीमा कार्यविभाजन गरेर मन्त्रीमण्डल विस्तार गर्ने बताउँदै नेता पौडेलले सरकारमा गइसकेपछि सुविधा लिएर बस्नेमात्रै नभएर निर्वाचनका बेला गरेका वाचाहरु पुरा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी राम्रो हुनु नेता पौडेलको भनाइ छ । सरकारलाई विश्वासको मत दिएको रास्वपा केहि गरौँ भन्ने भावना बोकेर आएको पार्टी भएकाले सरकारमा सहभागी बनाउन प्रधानमन्त्री प्रचण्ड पनि प्रतिवद्ध रहेकाले त्यहि अनुसार अगाडि बढ्ने बताउनुभयो ।

मन्त्रालय थोरै र दावेदार धेरै भएको प्रसंगमा नेता पौडेलले बरु आलोपालोमा जाने तर सबैलाई समेट्ने भएकाले निकै जटिल र टुङग्याउनै नसक्ने अवस्था नआउने दावी गर्नुभयो । सामुहिक बैठकमा भएको निर्णय र समझदारीमा सबैको सहमती रहने पनि नेता पौडेलको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस