प्रचारप्रसारमा ‘ज्याकी–आई एम ट्वान्टी वान’


नेपालगञ्ज । देशभरका चलचित्र भवनमा वैशाख २१ गतेदेखि ‘ज्याकी–आई एम ट्वान्टी वान’ चलचित्रको प्रदर्शन हुने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा नेपालगञ्ज आइपुगेको टिमले नेपाली दर्शकमाझ चलचित्रमार्फत नयाँ कथा प्रस्तुत गर्न खोजेको जनाएको छ ।

काठमाडौँबाट बुटवल हुँदै नेपालगञ्ज आइपुगेको सो टोलीमा रहनुभएका चलचित्रका अभिनेता धिरज मगरले ‘ज्याकी–आई एम ट्वान्टी वान’ मा युवालाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सङ्घर्षलाई देखाइएको छ । चलचित्रमार्फत नेपालमा पहिलो पटक ‘हिपहप डान्स’को कथालाई समेटिएको उहाँले जानकारी दिनुभयो । चलचित्रकी अभिनेत्री जसिता गुरुङले युवाले चलचित्रलाई मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस