ह्याम्स अस्पतालको प्रविधिक सहयोग र जुगल–सिन्धु उत्थान समाजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने


काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं- २ साकिनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जुगल–सिन्धु उत्थान समाजको आयोजना तथा ह्याम्स अस्पतालको प्रविधिक सहयोगमा विशेषज्ञ चिकित्सकद्वारा आगामी वैशाख १६ गते शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । शिविर विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।

शिविरमा फिजिसियन सेवा, महिला तथा प्रसूति रोग, नाक कान घाँटीरोगको विशेषज्ञ चिकित्सक सेवा उपलब्ध हुनेछ । आवश्यक पर्ने विरामीहरुलाई औषधी पनि निःशुल्क उपलब्ध गराइँने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस