आज ४ बजे राष्ट्रियसभाको बैठक बस्दै


काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि
बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजका लागि स्थगित गरिएको थियो ।

हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस