उपनिर्वाचनमा निर्वाचित सांसदहरू रवि ,उपेन्द्र र स्वर्णिमले आज शपथ लिँदै


काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण शुक्रबार हुँदैछ ।

बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले शुक्रबार शपथ ग्रहण गर्न लागेका हुन् ।

सभामुख देवराज घिमिरेले बिहान साढे ११ बजे उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम छ ।

प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस