म्यानचेस्टर युनाईटेड र टोटनह्यामको को बराबरी


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटनह्यामले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहीबार राति भएको खेलमा युनाईटेड र टोटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडले सुरूवाती दुई गोल गरेपनि टोटनह्यामले पुनरागमन गर्दै खेल बराबरीमा पुर्‍याएको हो ।

खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरूवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए । ५६ औं मिनेटमा पेड्रो पारोले गोल गर्दै टोटनह्यामलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई २–२ को बराबरीमा ल्याए ।

बराबरीपछि युनाइटेडको ६० अंकसहित चौथो स्थानमा छ भने टोटनह्याम ५४ अंकसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस