नेपाल चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्नुहुँदै प्रधनमन्त्री प्रचण्डले विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ । वास्तवमा, चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मार्दै र जारी राख्दै आएको छ, विकासका परिणामहरू प्रदान गर्न र हाम्रा जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने हाम्रो आशा र आकांक्षा हो ।’’

प्रधानमन्त्रीले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालली जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने धारणा राख्नुभयो । उहाँले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोग आवश्यकता रहेको औंल्याउनुभयो ।

‘‘विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपाली जनताको राम्रो स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, हाम्रा स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, हाम्रा अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्न चाहन्छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधि हस्तान्तरण गर्नुहोस् । यसले पक्कै पनि हाम्रा जनतालाई आधुनिक र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्नेछ ।’’

प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गर्नुभयो । उहाँले विकास पूर्वाधार सिर्जना गर्न, सम्पर्क बढाउन, मानव संसाधनको विकास गर्न र अन्य मानिसको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकरको धेरै सहयोगको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्रीले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न,अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

‘नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग हाम्रो मित्रवत र असल छिमेकीसम्बन्धको विशेषता हो । वास्तवमा यो सहयोग विकास पूर्वाधारहरू सिर्जना गर्न, सम्पर्क बढाउन, हाम्रा मानिसहरूलाई स्वास्थ्य सुविधाहरू प्रदान गर्न, हाम्रो मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न धेरै सहयोगी र आवश्यक भएको छ ।,’’ प्रधानमन्त्रीदे भन्नुभयो, ‘‘यो अस्पताल हाम्रा दुई देशले दशकौंदेखि अनुभव गर्दै आएको नेपाल–चीनबीचको गहिरो र घनिष्ट आर्थिक सहयोगको प्रतीकका रूपमा पनि उभिएको मलाई विश्वास छ । वास्तवमा, हाम्रो स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न र विस्तार गर्न, यस विशेष क्षेत्रमा हाम्रो मानव संसाधनको विकास गर्न, साथै हाम्रा अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिहरू अझ राम्रोसँग सुसज्जित गर्न चीनको समर्थन सराहनीय छ ।’’

प्रधानमन्त्री प्रचण्डले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेका चिकित्सहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले कोभिड महामारीको बेला जीवन बचाउने भ्याक्सिन, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको भन्दै चीन सरकारलाई धन्यवाद दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस