रवि लामिछानेलाई फोन गरेर प्रधानमन्त्री प्रचण्डको बधाई


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेलाई फोन गरेर बधाई दिएका छन् । सोसँगै उनले लामिछानेसँग पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे चासो राखेका छन् । रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै सो कुराको खुालासा गरेका हुन् ।

उनले भने,‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन, समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो ।’ लामिछानेले अहिले सरकारलाई दिएको समर्थन कायम राख्नुको कुनै औचित्य नभएको पनि स्पष्ट पारे ।

तनहुँ–१ बाट निर्वाचित रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले असक्षम सरकारलाई समर्थन दिइरहनुको औचित्य नहुने विश्वव्यापी प्रचलन सम्झाएका थिए ।

प्रतिक्रिया दिनुहोस