कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता बराबरको सस्थापक सेयर आजदेखि बिक्री खुल्ला भएको छ । केहीँ संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बेच्न चाहेपछि बैंकले लिलामीमा राखेको हो । बैंकको सूचनाअनुसार कूल २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरिएको छ । सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन भने न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । शुक्रबार अर्थात् बैंशाख १५ गतेदेखि खुल्ला भएको आवेदन जेठ २ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस