कुचैनीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा


कैलाली । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या १०३ पुगेको छ ।

बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरू लिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस